कांग्रेस नेता कोइरालाको निधन

विराटनगर । नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन भएको छ । कोइरालाको गएराति विराटनगरमा ७८ वर्षको उमेरमा निधन भएको छ । निमोनिया पीडित कोइरालालाई विराटनगरस्थित न्यूरो अस्पतालमा तीन दिनअघि उपचारका लागि भर्ना गरिएको थियो ।

गएराति १ बजे उपचारका क्रममा कोइरालाको निधन भएको मोरङ कांग्रेस सचिव नागेश कोइरालाले जानकारी दिए । अहिले उनको शव विराटनगरस्थित घरमा राखिएको छ । दिउँसो हाटखोलास्थित समसाम घाटमा अन्त्येष्टी गरिने छ । अशोक पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका भाइ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *