सरकारले गर्ने हरेक निर्णयमा पार्टीले हो मा हो मिलाउँदैनः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले गर्ने हरेक निर्णयमा पार्टीले हो मा हो नमिलाउने बताएका छन् ।

बिहीबार चितवनमा नेपाली प्रहरीका आईजीपी हटाउने निर्णयकाबारेमा पत्रकारले सोधेका प्रश्नको जवाफमा सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भने,‘सरकारले गरेका हरेक निर्णयमा पार्टीले हो मा हो मिलाउँदैन र सरकारले पनि पार्टीले गरेका हरेक निर्णयमा हो मा हो मिलाउँदैन । कहिले काहीँ सरकारले गरेका निर्णयमा पार्टीले फरक किसिमको धारणा राख्ने आवश्यक निर्देशन दिने गर्छ।’

उनले सरकारले कुनै काम गर्ने क्रममा कुनै कदम चाल्दा त्यसको पुष्टि गर्ने औचित्य सरकारको रहने बताए । उनले भने,‘पार्टीले सरकारलाई आईजीपी परिवर्तन गर, सीडियो परिवर्तन गर भनेर भन्दैन । त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *