सुर्खेत । दसौं राष्टिय खेलकुद अन्तर्गत भएको पुरुष फूटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । मंगलबार दिउँसो भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई २-० गोलले पराजित गर्दै पुलिसले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।
सुर्खेत रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन धिरेन्द्र शाह र सुजन मगरले समान एक/एक गोल गरे । दुवै हाफमा एक/एक गोल भएको हो ।
जितसँगै पुलिसले तीन अंक जोडेको छ । दोस्रो खेलमा मधेश प्रदेश र सुदूरपश्चिममा प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।
