१५ अंकले बढ्यो नेप्से

काठमाडौँ । मगलबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से १५.३९ अङ्कले बढेको हो । आज माइक्रोफाइनान्स र अन्यबाहेक सबै समूहको उपसूचक बढेकोमा बैंक समूह १.२४ प्रतिशतले उकालो लागेको छ ।

आज १६५ वटा कम्पनीको शेयर बढेकोमा १११ वटाको घटेको छ । बुङ्गल हाइड्रो, हिमालयन एभरेस्ट इन्सुरेन्स र आईएमई लाइफ इन्सुरेन्सको शेयर भने घटबढ भएको छैन । आज ३५० वटा कम्पनीको १ करोड ४६ लाख कित्ता शेयर ५ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *