अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र आईजीपी केसीबीच भेट, विपद् उद्धार र पहिचानमा सहकार्यबारे छलफल

काठमाडौं । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीबीच भेटवार्ता भएको छ।
मंगलबार भएको भेटमा विपद् प्रतिकार्य, खोज तथा उद्धार र विपद् पीडितको पहिचान (डीभीआई) सम्बन्धी विषयमा छलफल भएको नेपाल प्रहरीले जनाएको छ।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले विपद्बाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायलाई अमेरिकी सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिकसहित अन्य पीडितको खोजी, उद्धार तथा पहिचानमा नेपाल प्रहरीले पुर्याएको योगदानको प्रशंसा पनि गरिन्।

भेटमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने, विपद् पीडितको पहिचानसम्बन्धी क्षमता अभिवृद्धि गर्ने र यस क्षेत्रमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा समेत विस्तृत छलफल भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *