झापा । विभागीय टोली नेपाल एपीएफ क्लब झापामा जारी दोस्रो संस्करणको झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दिउँसो भएको खेलमा भुटानको थिम्पु राभेन महिला फूटबल क्लबलाई ७-० गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।
झापाको दुधे रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गर्दा अनिता केसीले एक गोल थपिन् । रश्मीले खेलको २५ औँ, ३० औँ, ४५ औँ, ५२ औँ, ५५ औँ र ५९ औँ मिनेट र अनिताले ६१ औँ मिनेटमा गोल गरेका हुन् ।
अब एपीएफले सेमिफाइनलमा घरेलु टोली झापा एफसीको सामना गर्नेछ ।
फोटो : झापा महिला गोल्डकप
