काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले काठमाडौंलाई जितको लागि ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगर १८.३ ओभरमा अलआउट हुँदै ८३ रनमा समेटिएको हो । ९.४ ओभरमा ३५-७ को स्थितिमा रहेको विराटनगरलाई एन्जेलो म्याथ्युस र रुपेश सिंहले ३९ रनको साझेदारी गर्दै इनिंस उकासेका हुन् ।
विराटनगरको लागि रुपेश सिंहले २६ र एन्जेलो म्याथ्युसले २२ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।
काठमाडौंको लागि सन्तोष यादवले ३ ओभरमा ११ रन दिएर ३ विकेट लिँदा साहान अराच्चिगे र करणकेसीले दुई/दुई तथा जहान्दाद खान, शहाब आलम र देव शाहले समान एक/एक विकेट लिए ।
