जनकपुरलाई लुम्बिनीको १५० रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले ३४ रन बनाए । जनकपुरका विशाल शुस्लिङ र राहुल यादवले २/२ विकेट लिए । लुम्बिनी ३ खेलमा ५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । जनकपुर ४ खेलमा ४ अङ्कसहित चौथो स्थानमा छ । विराटनगर ४ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *