च्याम्पियन्स लिगमा रियल म्याड्रिडको पुनरागमन जित

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडले पुनरागमन जित निकालेको छ । बुधबार राति भएको खेलमा एइके एथेन्सलाई ३-२ गोलले हराउँदै म्याड्रिडले च्याम्पियन्स लिगमा लगातार चौथो जित निकालेको हो ।

ग्रिसमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन जुड बेल्लिन्घाम, किलियन एम्बाप्पे र फेडे भाल्भेर्डेले समान एक/एक गोल गरे । एथेन्सको लागि अबोउबाकारी कोइटा र स्टाभ्रोस पिलिओसले समान एक/एक गोल गरे । खेलमा दुईपटक अग्रता लिएपनि जोगाउन नसक्दा एथेन्स पराजित हुन पुगेको हो । खेलको १२ औँ मिनेटमा कोइटाले गोल गर्दै एथेन्सलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३२ औँ मिनेटमा बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । ७५ औँ मिनेटमा पिलिओसले गोल गर्दै घरेलु टोलीलाई पुन खेलमा अगाडि बढाएका थिए । तीन मिनेटपछि एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई २-२ गोलको बराबरीमा ल्याए ।

यस्तै इन्जुरी समयमा भाल्भेर्डेले गोल गर्दै म्याड्रिडलाई ३-२ गोलको जित दिलाएका हुन् ।

जितसँगै म्याड्रिड ४ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको एथेन्स १९ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *