जनकपुरद्वारा पोखरालाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले पोखरालाई जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको हो । जनकपुरको लागि त्रितराज दासले अर्धसतक बनाए । उनले ५५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६१ रन बनाए । यस्तै अविशेक तिवारीले नटआउट २४, मोइन अलीले २१ र जेम्स निशमले ११ रनको योगदान गरे ।

पोखराको लागि शकिब अल हसनले ३ ओभरमा ४ रन दिएर ३ विकेट लिँदा चमिका करुनारात्नेले दुई तथा महेदी हसन र मोहम्मद सैफुदीनले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *