काठमाडौँ । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य तराईका धेरै जिल्लामा महसुस गरिएको छ ।
नेपालमा गएको भूकम्पपछि भारतको बिहार, पश्चिम बंगाल तथा अन्य केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको समाचारमा उल्लेख छ।
