आज एभर्टन र आर्सनल भिड्दै

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज एभर्टनले लण्डन क्लब आर्सनलको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति ११:१५ बजे शुरु हुनेछ ।

गोडिसन पार्कमा हुने खेल जित्दै आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुलसँग अङ्क दुरी घटाउने प्रयास गर्नेछ । हाल एभर्टन १३ खेलमा २३ अङ्क जोड्दै पाँचौ स्थानमा छ । एभर्टन अहिले उत्कृष्ट फर्ममा रहेको छ । एभर्टनले पछिल्लो दुई खेलमा चेल्सी र लेस्चर सिटीलाई पराजित गरेको थियो ।

ठिक विपरित आर्सनल भने खराब फर्मबाट गुज्रिरहेको छ । आर्सनलले घरेलु लिगको पछिल्लो ६ खेलमा जित निकाल्न सकेको छैन । नोभेम्बर १ मा म्यान्चेस्टर युनाइटेडलाई १-० गोलले पराजित गरेयता आर्सनल लिगमा जितविहिन छ । हाल आर्सनल १३ खेलमा १४ अङ्क जोड्दै लिगको १५ औँ स्थानमा छ । त्यसैले आजको खेलमा आर्सनल सकरात्मक नतिजा निकाल्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

दुई टोलीबिच भएको पछिल्लो २२ भेटमा आर्सनलले १४ खेल जितेको छ भने ३ खेल एभर्टनले जितेको छ । पाँच खेल भने बराबरीमा सकिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *