सुदूरपश्चिममा दुई राज्यमन्त्रीसहित पाँच मन्त्री नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार राति मुख्यमन्त्री भट्टले दुई राज्यमन्त्रीसहित पाँच जना मन्त्री नियुक्त गरेका हुन् ।

शुक्रबार मुख्यमन्त्रीले नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरु ओमबिक्रम भाटलाई भौतिक पूर्वाधार, प्रकाशबहादुर रावललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, खुसीराम चौधरी आन्तरिक मामिलामन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, नेकपाकै जानकी कुँवर भौतिक पूर्वाधार र इन्दिरा गिरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्री नियुक्त भएका छन् ।

यसअघि मुख्यमन्त्री भट्टले एमालेबाट एक जना राज्यमन्त्रीसहित चार जना मन्त्री नियुक्त गरेका थिए । यससँगै अब सुदूरपश्चिममा मुख्यमन्त्री, तीन राज्यमन्त्रीसहित १० जना मन्त्री भएका छन् । शुक्रबार नवनियुक्त मन्त्री, राज्यमन्त्रीहरुले प्रदेश प्रमुख प्रदेशमा शुक्रबार राति नै शपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *