जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौँ । नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले जेसिके फाइट नाइट–१२३ मा जित हात पारेका छन् ।

चीनको शान्सी प्रान्तको लुलियाङमा आज भएको बान्टमवेट प्रतिस्पर्धामा आङदेम्बेले घरेलु खेलाडी बुहुओगुबुलाई पराजित गरेका हुन् । तीन राउन्डको खेलमा आङदेम्बेले तीनवटै राउन्ड आफ्नो पक्षमा पार्दै सर्वसम्मत निर्णयमा जित निकाले । खेलको सुरुआतदेखि नै उनले बुहुओगुबु माथि दबाब कायम राखेका थिए ।

यो जितसँगै आङदेम्बेको व्यावसायिक एमएमए करियरमा जित सङ्ख्या नौ पुगेको छ । उनले हालसम्म तीन खेलमा मात्र हार व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *