सुनसरीको देवानगञ्जमा गोली चल्दा एक जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चल्दा एक जना घाइते भएका छन् ।

गोली लागेर तिघ्रामा चोट लागेका घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार घाइतेको अवस्था र घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको छ।

घटनामा कसले र किन गोली चलाएको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

घाइतेको पहिचानसमेत खुलिनसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *