देव खनालको सतकमा कर्नाटाकाविरुद्ध नेपालको दोस्रो जित

काठमाडौं । देव खनालको सतकीय इनिंसको मद्दतमा नेपालले कर्नाटाकाविरुद्ध लगातार दोस्रो जित निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा नेपालले कर्नाटाकालाई ५ विकेटले हराएको हो ।

जितको लागि २ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा ५ विकेटको क्षतिमा २ सय ४४ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपाललाई जित दिलाउन देव खनालले अवजित सतक बनाए । उनले १ सय १३ बल खेल्दै ४ चौका र दुई छक्काको मद्दतमा १ सय रन बनाए । यस्तै आसिफ शेखले ३८, सन्दीप जोराले ३०, अर्जुन कुमालले २६, बासिर अहमदले २२ र इशान पाण्डेले ६  रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्नाटाकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४२ रन बनाएको थियो । कर्नाटाकाको लागि शरथ श्रीनिभासले सर्वाधिक ४८ रन बनाए ।

नेपालको लागि करण केसी र सन्दीप लामिछानेले समान तीं/तीन विकेट लिँदा हेमन्त धामीले दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *