एकछिन झपक्क निदाएछु : नवप्रवर्तनमन्त्री पुन

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले त्यसबारे स्पष्टीकरण दिएका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत आफू ‘सुतुवा मन्त्री’ नभएको भन्दै हरेक दिन बिहान ६ बजे उठेर बिहान ७ बजेदेखि राति ११ बजेसम्म मन्त्रालयको कार्यालयमा काम गर्ने गरेको दाबी गरेका छन् ।

उनले आफूले कहिल्यै छुट्टी नमानेको र आगामी दिनमा पनि नमनाउने उल्लेख गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा आफू केही समय झपक्क निदाएको स्वीकार गर्दै पुनले सामाजिक सञ्जालमा भिडियो भाइरल भएको विषयमा व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन् । उनले भिडियो भाइरल बनाउने र आफूलाई ‘अल्छी मन्त्री’, ‘काम नगर्ने मन्त्री’ लगायतका आरोप लगाएर गाली गर्नेहरूलाई समेत धन्यवाद दिएका छन् ।

‘आज राष्ट्रिय सभामा म झपक्क निदाएछु । सोसल मिडियाका भाइहरूले पैसा कमाउनका लागि हो अथवा मेरो बेइज्जत गर्नका लागि हो, मेरो भिडियो भाइरल बनाएछन्,’ उनले लेखेका छन् ।

मन्त्री पुनका अनुसार राष्ट्रिय सभा बैठक सञ्चालन हुने हलमा एसी नभएकाले निकै गर्मी हुने गरेको छ । ‘गर्मीले गर्दा मेरो आँखा झपक्क भएछ नि । ढाँटेको होइन,’ उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *