प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा लिड्सले सानदार जित निकालेको छ । बुधवार राति भएको खेलमा लिड्सले न्युकेस्चल युनाइटेडलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
एलल्याण्ड रोडमा भएको खेलमा शुरुवाती अग्रता भने न्युकेस्चलले लिएको थियो । खेलको २६ औँ मिनेटमा विल्सनको पासमा जेफ हेन्ड्रिकले गोल गर्दै न्युकेस्चललाई खेलमा अगाडि बढाएका थिए । ३५ औंँ मिनेटमा प्याट्रिक बाम्फोर्डले गोल गर्दै लिड्सलाई बराबरीमा ल्याए ।
पहिलो हाफमा एक गोल गरेको लिड्सले दोस्रो हाफमा थप चार गोल गर्यो । खेलको ६१ औँ मिनेटमा ज्याक हेरिसोनको पासमा रोड्रिगोले गोल गर्दै लिड्सलाई अग्रता दिलाए । ६५ औँ मिनेटमा फ्रसरको पासमा किरण क्लर्कले गोल गर्दै पाहुना टोलीलाइ बराबरीमा ल्याए । ७७ औँ मिनेटमा माटेउस क्लिचको पासमा स्टुअर्ट डल्लेसले गोल गर्दै लिड्सलाई फेरी खेलमा अग्रता दिलाएका थिए ।
८५ औँ मिनेटमा पाब्लो हेर्नान्डेजको पासमा एलिओस्कीले गोल गर्दै घरएलु टोलीको अग्रता दोब्बर बनाए । ८८ औँ मिनेटमा हेर्नान्डेजको पासमा ज्याक हेरिसोनले गोल गर्दै लिड्सलाई ५-२ गोल अन्तरको जित दिलाए । जितसँगै लिड्स १३ खेलमा १७ अङ्क जोड्दै लिगको १३ औँ स्थानमा उक्लिएको छ ।
