ला लिगामा बार्सिलोना विजयी

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले शिर्ष स्थानको रियल सोसिडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन जोर्डी अल्बा र फ्रेन्की डियोङले एक-एक गोल गरे । रियल सोसिडाडको लागि विलियन जोसे गरेको गोल सान्त्वना गोलमा सिमित भयो । खेलको २७ औँ मिनेटमा पोर्टुको पासमा विलियम जोसेले गोल गर्दै सोसिडाडलाई खेलमा अगाडी बढाएका थिए ।

३१ औँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए । यस्तै ४३ औँ मिनेटमा फ्रेन्की डियोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-१ गोल अन्तरले विजयी भयो ।

जितसँगै बार्सिलोना १२ खेलमा २० अङ्क जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । सोसिडाड १४ खेलमा २६ अङ्कको स्थान दोस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *