प्रज्जवल थापा । सिरि ए अन्तर्गत भएको खेलमा सविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टस एटलान्टासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
एल्लिनाज एरिनामा भएको खेलमा युभेन्टसको लागि फ्रेड्रिको चिएसाले गोल गर्दा एटलान्टाको लागि रेमो फ्रेउलेरले गोल गरे । खेलको २९ औँ मिनेटमा रोड्रिगो बेन्टान्चुरको पासमा चिएसाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
५७ औँ रेमो फ्रेउलेरले गोल गर्दै एटलान्टालाई बराबरीमा ल्याएका थिए । ६१ औँ मिनेटमा विपक्षी खेलाडीले चिएसालाई लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्न चुक्दा युभेन्टसले खेलमा अग्रता लिने मौका गुमायो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एक/एक अङ्क बाढे ।
बराबरीसँगै युभेन्टस १२ खेलमा २४ अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ ।
