लेस्चरको सानदार जित

प्रज्जवल थापा । लेस्चर सिटीले इङलिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा लेस्चरले ब्रिगटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान किङ पावर रंगशालामा भएको खेलमा लेस्चर सिटीलाई जित दिलाउन जेम्स मेड्डिसोनले दुई र जेमि भार्डीले एक गोल गरे । लेस्चरले सबै गोल पहिलो हाफमा गरेको थियो । खेलको २७ औँ मिनेटमा भार्डीको पासमा जेम्स मेड्डिसोनले गोल गर्दै लेस्चरलाई अग्रता दिलाएका थिए ।

४१ औँ मिनेटमा जेम्स जुस्टिनको पासमा भर्डी आफैले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ४४ औँ मिनेटमा भार्डीको पासमा जेम्स मेड्डिसनले गोल गर्दा लेस्चरले खेलमा ३-० गोलको अग्रता लिएको थियो । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसक्दा लेस्चर सिटी विजयी भएको हो ।

जितसँगै लेस्चर १२ खेलमा २४ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *