आज जिनोआ र युभेन्टस भिड्दै

प्रज्जवल थापा । इटालियन लिग सिरि ए अन्तर्गत आज हुने खेलमा साविक विजेता युभेन्टसले जिनोआको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती १०:४५ बजे शुरु हुनेछ ।

युभेन्टस आजको खेल जित्दै शिर्ष स्थानमा रहेको एसी मिलानसँग अङ्क दुरि घटाउन चाहन्छ । हाल मिलान १० खेलमा २६ अङ्क जोड्दै शिर्ष स्थानमा छ । युभेन्टस १० खेलमा २० अङ्कको साथ पाँचौ स्थानमा छ । मंगलबार च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा बार्सिलोनालाई उसकै घरेलु मैदानमा ३-० गोलले हराउँदै युभेन्टस शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको थियो । सिरि ए मा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको युभेन्टस लिगमा अपराजित छ ।

यता रेलिगेसन जोनबाट बच्न संघर्षरत जिनोआ युभेन्टससँग सकारात्मक नतिजाको अपेक्षामा छ । जिनोआले लिगको पछिल्लो ५ खेलमा ४ हार र १ बराबरी खेलेको थियो । दुई टोलीबिच भएको पछिल्लो २१ खेलमा १४ खेल युभेन्टसले जित्दा ३ खेल जिनोआले जितेको छ । चार खेल भने बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *