चिकित्सकमा संक्रमण देखिएपछि हुम्ला जिल्ला अस्पताल बन्द

  • 5
    Shares

सिमकोट । एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । आइतबार बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा सङ्क्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । उनले सङ्क्रमित चिकित्सकका सम्पर्कमा आएका अन्य सबै स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिने बताइन् । यसअघि एकजना अनमीमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

 


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *