काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
