काठमाडौं । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय म्याक्सवेलले सोमबार आफ्नो १४ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई पूर्णविराम लगाएका हुन् ।
सन् २०१२ मा अफगानिस्तानविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका म्याक्सवेलले आफ्नो करियरमा दुई पटक एकदिवसीय विश्वकप र एक पटक टी-२० विश्वकपको उपाधि जितेका छन् ।
उनले अष्ट्रेलियाका लागि १४९ एकदिवसीय खेल खेल्दै ३ हजार ९ सय ९० रन बनाएका छन् भने ७७ विकेट लिएका छन् । यस्तै, १३० टी-२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८ सय ९७ रन बनाउनुका साथै ५१ विकेट लिएका छन् । उनले ७ टेस्ट खेलमा ३ सय ३९ रन बनाउँदा ८ विकेट हात पारेका छन् ।
म्याक्सवेलले यसअघि सन् २०२५ को जुनमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले पछिल्लो टी-२० विश्वकपमा ओमानविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
