राम मन्दिरको विशेष कार्यक्रममा मोदी सहभागी हुने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द« मोदीले आगामी महिना उत्तरी भारतको विवादास्पद क्षेत्रमा रहेको एउटा हिन्दु मन्दिर परिसरमा आयोजना हुने महत्वपूर्ण कार्यक्रममा सहभागि हुने भएका छन् ।
जुन स्थानमा सन् १९९२ मा हिन्दु कटरपन्थीहरुले सोह«ौं शताब्दीको बाबरी मस्जिद भत्काएका थिए । उक्त हिन्दु मन्दिर निर्माण कोषले ५ अगष्टमा सो कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।
सो दिन ज्योतिष शास्त्र अनुसार शुभ रहेको तथा सोही दिन मुस्लिम बाहुल्य राज्य जम्मु काशिमरको अर्ध स्वायत्तततामा भारतिय ससदले रद्ध गरेको एक वर्ष पुग्ने बताइएको छ । रामको जन्मभुमि रहेको विश्वास गरिएको त्यहाँ राम मन्दिर निर्माण भइरहेको हो ।
भारतिय जनता पार्टी ( विजेपी ) संग आवद्ध हिन्दु राष्ट्रवादी समुह विश्व हिन्दु परिषदका अनुसार कोरोना भाइरस महामारीको कारण कार्यक्रममा सहभागि तथा दर्शकको संख्या सिमित गरिने र कार्यक्रमलाई राष्ट्रिय टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।
कार्यक्रम आयोजक समुहका प्रवक्ता विनोद वंशलले यस मन्दिरले सामाजिक सदभाव , राष्ट्रिय एकता र हिन्दुत्व वा हिन्दु जीवनशैलीको भावना र जागरणलाई एककिृत पार्ने काममा महत्वपूर्ण भुमिका निभाउने बताएका छन् ।
आम चुनावमा विजेपीको अत्यधिक बहुमतले विजय भएपछि गत वर्ष एक शताब्दिदेखि विवादास्पद रहेको सो धार्मिक स्थलको विवाद समाधान भएको थियो । गत नोभेम्वरमा सर्वोच्च अदालतले मन्दिर कोषको समर्थनमा निर्णय सुनाउदै मुश्लिमहरुलाई विकल्पको रुपमा मस्जिद बनाउन पाँच एकड जमिन प्रदान गरिने जनाएको थियो ।
वावरी मस्जिद भत्काएकै विवादमा सन् १९९२ मा भएको हिन्दु – मुश्लिम हिंसात्मक दंगामा करिव दुई हजार मानिसको ज्यान गएको थियो । मारिने मध्ये अधिकांश मुस्लिम रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *