घरमा विमान खस्यो, कम्तिमा तीनकाे मृत्यु

वर्लिन । उत्तर पश्चिमी जर्मनीको डस्सलडोर्फ शहर देखि करिव ४५ किमि उत्तरमा पर्ने वेसेल स्थित एउटा घरमा एक अति हलुका विमान दुर्घटनाग्रस्त हुँदा तीन जना मानिसको ज्यान गएको सकारी अधिकारीहरुले बताएका छन् ।

मृतकका पहिचान अझै खुल्न सकेको छैन । यस घटनामा एकजना बालक पनि घाइते भएका छन् । सो विमानको क्षमता दुई यात्रु भएको बताइएको छ । घरमा खसेपछि सो विमानमा आगलागि भएको थियो ।

प्रहरीले विल्ड अखवारलाई विमान मार्ल विमनस्थलबाट उडेको बताएको छ । एकजना प्रत्यक्षदर्शीले ठूलो विस्फोटको आवाज आए लगत्तै आगो लागेको बताएका छन् । दुर्घटनास्थल नजिक एउटा प्यारासुट पनि फेला परेको छ । दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *