कोलम्बियामा हेलिकोप्टर दुर्घटनाः नौ सैनिकको मृत्यु, केही घाइते


एजेन्सी । कोलम्बियामा एक हेलिकोप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु भएको छ । कोलोम्बियाका फार्क विद्रोही विरूद्धको अभियानका लागि उडेको सैनिक सवार यूएच–६० ब्ल्याक हक हेलिकप्टर मंगलबार दुर्घटनामा परेको कोलम्बियाली सेनाले जनाएको छ ।

दुर्घटना के कति कारणले भयो भन्ने बारेमा कोलम्बियाली सेनाले अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ । जंगल क्षेत्रमा भएको सो घटनामा अन्य ६ सैनिक घाइते हुनुका साथै दुई जना वेपत्ता छन् । हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा फार्क विद्रोहीहरूको प्रभाव क्षेत्र मानिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *