अक्सफोर्डले बनाएको कोरोनाविरुद्धको खोप सुरुवाती चरणमा प्रभावकारी : डब्ल्यूएचओ

लन्डन । कोरोना भाइरसविरूद्धको खोप निर्माणमा बेलायतले सफल परीक्षण गरेको छ ।

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षण सफल भएको हो । उक्त खोपले कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधक क्षमता बढाउने सहयोग गर्ने जनाइएको छ । पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनामा उक्त खोप परीक्षण गरिएको थियो । सो खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको देखिएको छ । खोपको सफल परीक्षण भएसँगै वैज्ञानिकरुले सार्वजनिक प्रयोगमा ल्याउनुअघि बृहत स्तरको क्लिनिकल परीक्षण गरिने जनाएका छन् ।

कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक नतिजा आएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले अक्सफोर्ड विश्वविद्यालय बधाई ज्ञापन गरेको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा। माइक रायनले कोरोनाविरुद्ध खोप बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएका छन् । उनले भने ‘अक्सफोर्डले बनाएको कोरोनाविरुद्धको खोप सुरुवाती चरणमा प्रभावकारी छ’

कोरोनाविरुद्ध हाल विश्वभर २३ वटा खोप बनिरहेका जनाउदै डा। रायनले भने, ‘ उपचार खोज्ने क्रममा धेरैवटा खोप निर्माण भइरहनु राम्रो कुरा हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *