पाइपमा फसेको कुकुरको उद्धार

लसएन्जेल्स । अमेरिकाको क्यालिफोर्नियाका अग्निनियन्त्रण टोलीले युनिभर्सिर्टी अफ क्यालिफोर्निया सान्ता वरवारा क्याम्पसको ढलको पाइपमा फसेका एउटा कुकुरको उद्धार गरेको छ ।
उक्त क्याम्पस हाताभित्रको ढलबाट कुकुर रोएको आवाजबारे स्थानीय एक व्यक्तिले सान्ता वारवारा काउन्टि फायर डिपार्टमेनटलाई खवर गरेका थिए ।
अग्निनियन्त्रकहरुले ढल भित्रै पसेर कुकुरलाई तानेर बाहिर निकालेका थिए । सोफी नामको दुई वर्र्षिय कुकुर विगत एक महिनादेखि त्यसको मालिकको घरबाट हराइरहेको थियो । तर उद्धारकर्ताहरुले करिव तीन दिन देखि मात्र सोफी पाइप भित्र फसेको हुनुपर्ने अनुमान गरेका छन् । तर त्यसभन्दा पहिले सोफी कहाँ थिइ भन्ने कसैलाई थाहा नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *