अयोध्या बौद्धस्थल भएकाे दाबी गर्दै भारतीय भिक्षुहरु आमरण अनशनमा

काठमाडौं । बौद्ध धर्मावलम्बीहरुले भारतको अयोध्या राम जन्मभूमि बौद्धस्थल भएको दाबी गर्दै प्राचीन पुरातात्विक बौद्ध सामग्री सार्वजनिक गर्न माग गरेका छन् । अखिल भारतीय आजाद बौद्ध धम्म सेना संगठनका बौद्ध भिक्षुहरुले प्राप्त प्राचीन मूर्तिहरु सार्वजनिक गर्न र प्राचीन बौद्धनगर साकेत घोषणा गर्न माग गर्दै आमरण अनशन गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राम मन्दिर निर्माणको क्रममा त्यहाँ बुद्ध संस्कृतिसँग जोडिएको बुद्ध मूर्ति, अशोक धम्म चक्र, कमलफूल र अन्य अवशेष प्राप्त भएको जनाइएको छ ।संगठनले प्राचीन बुद्ध नगरी साकेत वर्तमान अयोध्यामा राम मन्दिर निर्माण कार्य रोकेर युनेस्को संलग्न गरेर विवाद समाधान गर्न माग गरेको छ ।

वर्तमान अयोध्या बोधिसत्व लोमश ऋषिको बुद्धनगरी साकेत भएको दाबी संगठनले गरेको छ । भारतको सर्वोच्च अदालतले पुरातात्विक प्रमाणलाई बेवास्ता गर्दै राम मन्दिर बनाउने पक्षमा फैसला गरेकोमा असन्तुष्टिसमेत उनीहरुले जनाएका छन् । भारतीय पुरातत्व विभागले विगतमा उत्खखनन् गर्नक्रममा समेत बौद्धस्तूप, खम्बा, ढोकालगायतका बौद्ध सामग्रीहरु पाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *