कर्णालीद्वारा लुम्बिनीलाई सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले लुम्बिनीलाई जितको लागि १ सय ६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको कर्णाली १९.२ ओभरमा १ सय ५ रनमा अलआउट भएको हो । खेलमा खराब शुरुवात गरेको कर्णालीले ४.३ ओभरमा १५ रन जोड्दा ४ विकेट गुमाएको थियो । कर्णालीको लागि सोमपाल कामीले २८, हुसेन टालटले २४, गुलसन झाले १३ र पवन सरार्फले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न अभिशेष गौतम, किशोर महतो, डार्सी शर्ट र रोहित पौडेलले समान दुई/दुई विकेट लिँदा रुबिन ट्रम्पलम्यान र शेर मल्लले समान एक/एक विकेट लिए । अब लुम्बिनीले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *