एनपीएलमा काठमाडौंको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमाडौं गोर्खाजले लागातर दोस्रो जित निकालेको छ । बिहीबार बेलुकी सम्पन्न खेलमा विराटनगर किंग्सलाई ९ विकेटले हराउँदै काठमाडौं लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

जितको लागि ८४ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले ९.४ ओभरमा एक विकेटको क्षतिमा ८६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । काठमाडौंको लागि डेभिड वार्नरले २४ बलमा ३ छक्का र २ चौकाको मद्दतमा नटआयत ४४ रन बनाउँदा विलियम बोसिस्टोले नटआउट २३ र सहिल पटेलले १० रन बनाए ।

विराटनगरका अप्रजित पौडेलले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगर १८.३ ओभरमा अलआउट हुँदै ८३ रनमा समेटिएको थियो । ९.४ ओभरमा ३५-७ को स्थितिमा रहेको विराटनगरलाई एन्जेलो म्याथ्युस र रुपेश सिंहले ३९ रनको साझेदारी गर्दै इनिंस उकासेका हुन् ।

विराटनगरको लागि रुपेश सिंहले २६ र एन्जेलो म्याथ्युसले २२ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।

काठमाडौंको लागि सन्तोष यादवले ३ ओभरमा ११ रन दिएर ३ विकेट लिँदा साहान अराच्चिगे र करण केसीले समान दुई/दुई तथा जहान्दाद खान, शहाब आलम र देव शाहले समान एक/एक विकेट लिए ।

जितसँगै काठमाडौं ३ खेलबाट ४ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिदा दुई खेल बढि बढेको विराटनगर ४ अंकको साथ पाँचौ स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *