अल नासरको विजयी शुरुवात

एजेन्सी । साउदी प्रो लिगमा साविक विजेता अल नासरले विजयी शुरुवात गरेको छ । शनिबार राति भएको पहिलो खेलमा अल फातेहलाई ३-० गोलले पराजित गर्दै अल नासरले लिगमा उत्कृष्ट शुरुवात गरेको हो ।

अल अवाल पार्कमा भएको खेलमा अल नासरलाई जित दिलाउन एन्जेलो, जाओ फेलिक्स र सामुले समान एक/एक गोल गरे । खेलको ३७ औँ मिनेटमा सालिम अल नाज्दीको क्रसमा एन्जेलोले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए । तीन मिनेटपछि मानेको पासमा फेलिक्सले उत्कृष्ट गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए ।

७३ औँ मिनेटमा  अब्दुल्लाहको पासमा सामुले गोल गर्दै घरेलु टोलीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा अल नासर ३-० गोलले विजयी भएको हो । जितसँगै अल नासरले तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *