अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन्।

सरकारी समाचार संस्था आइआरआइबीका अनुसार शनिबार एक अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तानजस्ता मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच सन्देश आदानप्रदान भइरहेको जानकारी दिए। तर, यस्तो सन्देश आदानप्रदानलाई वार्ता पुनः सुरु भएको अर्थमा लिन नहुने उनले स्पष्ट पारे।

गत जुनमा दुई देशबीच युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको स्मरण गर्दै अराघचीले अमेरिकाले उक्त समझदारी उल्लङ्घन गरेपछि पुनः द्वन्द्व सुरु भएको आरोप लगाए।

यसैबीच, ‘स्टे«ट अफ होर्मुज’हुँदै पानीजहाजको सुरक्षित आवतजावतका लागि इरान र ओमानबीच नयाँ मार्ग निर्धारण गर्न वार्ता भइरहेको उनले बताए। “हामी अहिले एउटा अस्थायी मार्गको खाका तयार गर्दैछौँ, जुन आगामी चरणमा स्थायी मार्गमा परिणत हुनेछ”, उनले भने।

होर्मुज पुनः सञ्चालनमा आउने विषय अन्य सर्तहरूको पालनामा निर्भर रहेको बताउँदै उहाँले त्यसका लागि अमेरिका ती सर्तप्रति प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे। “हामी चाँडै नै कुनै निष्कर्षमा पुग्न सक्छौँ”, अराघचीले भने।

गत जुन १८ मा इरान र अमेरिकाले लेबनानसहित यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

समझदारीअनुसार अन्तिम सम्झौताका लागि दुई देशबीच ६० दिनभित्र वार्ता हुनुपर्ने थियो। उक्त समयसीमा आगामी सोमबार सकिँदैछ। तर, गत महिना दुई देशबीच तनाव बढेपछि वार्ताको भविष्य अनिश्चित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *