एसियाड पौडी टोलीको तयारी भारतमा

काठमाडौँ । नेपाली पौडी टोलीले आसन्न २०औँ एसियाली खेलकुदको तयारी भारतको बैङ्गलरुमा गर्ने भएको छ ।

एकमहिने प्रशिक्षणका लागि पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भोलि शनिबार भारत प्रस्थान गर्नेछ । खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन् । प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले शुक्रबार आयोजित एक कार्यक्रमबीच बिदाइ गरे। २०औँ एसियाली खेलकुद आगामी असोज ३ गतेदेखि जापानमा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *