काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा नेपालले साउदी अरेबियाविरुद्ध टस हारेको छ । क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा हुने खेलमा साउदी अरेबियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपालले यसअघि मलेसियालाई ६ र बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।
