जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ खारुलामा शनिबार साँझ पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले घाइतेमध्ये उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । घाइते ११ जनामध्ये उपचार पश्चात तीन जना डिस्चार्ज भएका छन् ।
आइतबार बिहान घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोट, नेपाली सेना र नेपाल प्रहरीको गरि १ सय ५५ जनाको संयुक्त टोली खटिएको उनले बताए ।
