ला लिगामा सेभिल्ला र आल्भेसको विजयी शुरुवात

एजेन्सी । स्पेनिस लिग ला लिगामा सेभिल्ला र डिपोर्टिभो आल्भेसले विजयी शुरुवात गरेको छ । शनिबार राति भएको खेलमा रायो भाल्लेकानोलाई २-१ गोलले हराउँदै १० खेलाडीमा समेटिएको सेभिल्लाले सुखद शुरुवात गरेको हो ।

इस्टाडियो रामोन सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्लालाई जित दिलाउन जोन गुरिदी र पिके फेर्नान्डेजले समान एक/एक गोल गरे । भाल्लेकानोको लागि अल्भारो गार्सियाले एक गोल फर्काए । भाल्लेकानोले खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।

गएराति भएको अर्को खेलमा डिपोर्टिभो आल्भेसले गेटाफेलाई ३-० गोलले पराजित गरेको हो । आल्भेसलाई जित दिलाउन नाहेल टेनाग्लिया, मारियानो डियाज र मिकेल रोद्रिगेजले समान एक/एक गोल गरे ।

जितसँगै सेभिल्ला र आल्भेसले समान तीन/तीन अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *