काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले लगातार तेस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हराएको हो ।
जनकपुरको यो दोस्रो हार हो । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेलेर ९ विकेट गुमाउँदै १२६ रनमा समेटियो ।
विराटनगरलाई जिताउन सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेटसहित चार विकेट लिए । जान निकोल लोफ्टी–इटनले ४१ रन जोडे पनि जनकपुरले जित्न सकेन । यसअघि विराटनगरले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।
