भट्ट र अग्रवाललाई थप १२ दिन थुनामा राख्न अनुमति

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको छ । बुधबार न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन थुानामा राख्न अनुमति दिएको हो ।

आदेशमा भनिएको छ, ‘अदालतमा उपस्थित गराइएका अभियुक्तहरु दीपक भट्ट १ को हकमा पाँचौँ र सुलभ अग्रवालको हकमा छैठौँ पटक म्याद थप हुने गरी मुद्दाको अनुसन्धान तहकिकात गर्न उक्त ऐनको दफा १७ (४) बमोमजिम २३ गतेदेखि लागू हुने गरी १२ दिनको म्याद थप गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *