काठमाडौँ । सरकारले वरिष्ठ चिकित्सक डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन साहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
अग्रवाल त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीन हुन् । अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा प्रदान गर्ने जनाइएको छ।
