‘ब्रोड पिक’ मा ज्यान गुमाएका युक्त गुरुङको शव ल्याइयो नेपाल

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर गुरुङ ‘युक्ता’को पार्थिव शरीर नेपाल ल्याइएको छ।

बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। विमानस्थलमा उनका परिवारका सदस्य, आफन्त, पर्वतारोहण समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरू उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

संघका अनुसार गुरुङको अन्त्येष्टि शुक्रबार बिहान ९ बजे स्वयम्भुमा गरिनेछ। ब्रोड पिक हिमपहिरोमा गुरुङसहित १० जना पर्वतारोहीले ज्यान गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *