ढाका । बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन आयोगले बिहीबार घोषणा गरेको छ ।
आयोगका वरिष्ठ सचिव अख्तर अहमदले ढाकामा पत्रकार सम्मेलनमा यो घोषणा गर्दै नामाङ्कन पत्र अगस्ट १३ सम्म बुझाउनुपर्ने बताए ।
उनले राष्ट्रपतीय चुनावका लागि संसद् सचिवालयबाट ३५० सांसदहरू समावेश भएको मतदाता नामावली आयोगले पहिले नै प्राप्त गरिसकेको बताए ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन चुप्पुले जुलाई २४ मा गम्भीर बिरामी रहेको कारण देखाउँदै बङ्गलादेशको संसद््का सभामुख हाफिज उद्दीन अहमदलाई पत्र बुझाएर राजीनामा दिएका थिए ।
संसद् सचिवालयले त्यसपछि सञ्चारमाध्यमलाई उहाँको राजीनामापछि संसद््का सभामुख हाफिज उद्दीन अहमदले संविधानअनुसार राष्ट्रपतिको कार्यभार सम्हाल्न सुरु गर्नुभएको जानकारी गराएको थियो ।
बङ्गलादेशको संविधानअनुसार सांसदहरू नै राष्ट्रपतीय चुनावका मतदाता हुन् ।
