बीबीसी । मेलिसा आँधीले क्यारिबियन क्षेत्रमा ठूलो विनाश गरेको छ । आँधीले घर, पूर्वाधार र बस्तीहरू ध्वस्त पारेको छ भने व्यापक बाढी र विध्वंसको अवस्था सिर्जना गरेको छ ।
बुधबार जमैकामा आँधीको प्रभाव विशेष रूपमा गम्भीर देखिएको छ। अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु पुष्टि भएको छ । हैटीमा आएको बाढीका कारण थप २० जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।
जमैकामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने सयौं परिवार घरबिहीन बनेका छन् । प्रधानमन्त्री एन्ड्र्यु होल्नेसले देशभर ‘पूर्ण विनाश’ भएको बताउँदै ८० देखि ९० प्रतिशत छाना उडाइएका र अस्पताल, पुस्तकालय, प्रहरी चौकी, बन्दरगाहका संरचना लगायतका पूर्वाधार ध्वस्त भएको जानकारी दिएका छन्।
