दीपेन्द्रको कप्तानीमा टी–२० टोली घोषणा

काठमडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) सँगको दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला र आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार टी–२० शृङ्खलाका लागि दीपेन्द्रसिंह ऐरी र लिग–टु शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । अब नेपालको टी–२० टोलीको कप्तानी दीपेन्द्र र एकदिवसीय टोलीको कप्तानी रोहितले गर्ने क्यानले जनाएको छ ।

नेपाल र यूएईबीचको टी–२० शृङ्खला आउँदो सोमवार र मङ्गलवार हुनेछ । यस्तै नेपाल, यूएई र ओमान सम्मिलित लिग–टु यही वैशाख १२ देखि २२ गतेसम्म हुनेछ । दुवै प्रतियोगिता कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।

टी–२० टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल छन् । त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जिसी, नारायण जोशी, रशिद खान छन् ।

त्यस्तै लिग–टु टोलीमा रोहित पौडैल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल, करण केसी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *