इतर समूहको राष्ट्रिय भेलाका प्रस्तावहरूलाई डकुमेन्ट मान्न सकिँदैनः सभापति थापा(भिडियो)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र हुने विभिन्न समूहका भेलाले गर्ने निर्णय पार्टीको आधिकारिक नहुने बताएका छन् । सोमबार पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले पार्टीको आधिकारिक दृष्टिकोण निर्माण गर्ने आफ्नै वैधानिक आधारहरू रहेको बताएका हुन् ।

महाधिवेशन, महासमिति र निर्वाचनको घोषणापत्रबाहेक अन्य कुनै पनि भेलाले गरेका निर्णय पार्टीको नीति नबन्ने बताए ।

उनले भने, ‘महाधिवेशन, महासमिति र निर्वाचनको घोषणापत्रबाहेक अन्य कुनै पनि भेलाले गरेका निर्णय पार्टीको नीति बन्दैनन् र ती आधिकारिक पनि हुँदैनन् ।’

सभापति थापाले इतर समूहको राष्ट्रिय भेलाका प्रस्तावहरूलाई पार्टीले सुन्ने र सम्मान गर्ने तर त्यसलाई पार्टीको डकुमेन्ट मान्न नसकिने बताए । उनले यस्ता भेला र कार्यक्रममा हुने बहसलाई नेतृत्वले सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले इतरसमूहले गरेको भेला ध्यानपूर्वक र राम्रोसँग सुनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *