दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौँ । सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न टोली गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महाभियानले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेका मागहरूका सन्दर्भमा वार्ता गर्न चार सदस्यीय टोली गठन गरेको हो। सरकारले गठन गरेको वार्ता टोलीको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी रहेका छन् ।

टोलीका सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहेका छन् । सरकारले अभियानको तर्फबाट समेत वार्ताका लागि प्रतिनिधि खटाई वार्तामा सहभागी हुन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *