लेबनानसँगको युद्धविरामलाई लिए इजरायलमा असन्तुष्टि

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनान र इजरायलबीच भएको युद्धविरामले इजरायललाई अचम्ममा पारेको छ। युद्धविरामको खबर सार्वजनिक हुँदै गर्दा इजरायलका उत्तरी क्षेत्रहरूमा लेबनानबाट आएको रकेट आक्रमणको चेतावनी दिँदै साइरनहरू बजेका थिए।

उत्तरी सहर नहारियामाथि इजरायलको हवाई प्रतिरक्षा प्रणाली सक्रिय भई रकेटहरूलाई अवरोध गर्ने क्रममा ठूलो विस्फोट भएको थियो । युद्धविराम लागू हुनु अघि कम्तीमा तीन जना घाइते भएका छन्, जसमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

स्थानीय स्तरमा भने युद्धविरामप्रति असन्तुष्टि र शंका देखिएको छ। नहारियाकी एक विद्यार्थीले सरकारप्रति असन्तुष्टि जनाउँदै यसपटक फरक परिणाम आउने वाचा गरिएको भएपनि फेरि निष्कर्षविहीन सम्झौतातर्फ उन्मुख भएको बताइन्।

त्यस्तै, गत वर्ष रकेट आक्रमणमा घर क्षतिग्रस्त भएका एक स्थानीय ट्रक चालकले लेबनान सरकारले सम्झौता पालना गर्न नसकेको र हेज्बोल्लाहलाई निःशस्त्रीकरण गर्न असफल भएको आरोप लगाए।

यो युद्धविराम घोषणा इजरायल सरकारभित्रै पनि अप्रत्याशित रूपमा आएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम घोषणा हुनु केही समय अघि मात्र अत्यन्त छोटो सूचनामा सुरक्षा मन्त्रिपरिषद् बैठक बोलाएका थिए, जहाँ मन्त्रीहरूलाई निर्णयमा मतदान गर्ने अवसरसमेत दिइएको थिएन।

विश्लेषकहरूका अनुसार यो कदम नेतन्याहुले अमेरिकी दबाबमा लिएको निर्णय हुन सक्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *