सिरि ए मा युभेन्टस र एटलान्टा भिड्दै

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज युभेन्टसले एटलान्टाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति ११:१५ बजे शुरु हुनेछ ।

एल्लिनाज रंगशालामा हुने खेल जित्दै युभेन्टस शिर्ष स्थानमा रहेको एसी मिलानसँग अङ्क दुरि घटाउन चाहन्छ । हाल युभेन्टस ११ खेलमा २३ अङ्कको साथ चौथो स्थानमा छ । जुन शिर्ष स्थानमा रहेको मिलानको भन्दा ४ अङ्क कम हो । शनिबार भएको खेलमा युभेन्टसले जिनोआलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

यता एटलान्टाले भने आफ्नो लय समात्ने प्रयास गरिराखेको छ । उसले पछिल्लो ५ खेलमा मात्र २ खेल जितेको छ । एटलान्टा आजको खेल जित्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल एटलान्टा १० खेलमा १७ अङ्क जोड्दै लिगको नवौँ स्थानमा छ ।

दुई टोलीबिच भएको पछिल्लो २२ भेटमा युभेन्टस १६ खेलमा विजयी भएको छ भने एटलान्टाले १ खेल जितेको छ । ५ खेल भने बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *